Skip to content
LAXMI SUNRISE BANK

लुम्बिनी विकास बैंकको ८.५० प्रतिशत लाभांश घोषणा

अर्थ सरोकार

काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ८.५० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

बैंकको मङ्सिर २६ गते मंगलबार बसेको संचालक समितिको बैठकले ४ प्रतिशत बोनस सेयर र कर  प्रयोजनका ४.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीमा वितरण गरिनेछ ।

गत वर्ष बैंकले ३ प्रतिशत बोनस सेयर र ९ प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK