×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकले पनि ब्याजदर घटायो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

माछापुच्छ्रे बैंकले पनि ब्याजदर घटायो

Artha Sarokar

२६ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । माछापुच्छ्रे बैंकले ब्याजदर घटाएको छ । बैंकले मंसिर २६ गतेदेखि लागू हुनेगरि ब्याजदरमा परिमार्जन गर्दै घटेको ब्याजदर सार्वजनिक गरेको हो ।

ब्याजदर घटाएसँगै बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ९.६० प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ७.६० प्रतिशत ब्याजदर तोकेको छ ।

यसअघि मंसिरमा ब्याजदर बढाएको माछापुच्छ्रे बैंकले मुद्दति निक्षेपको व्यक्तिगततर्फ १०.६० प्रतिशत र संस्थागतर्फ ८.६० प्रतिशत ब्याज दिँदै आएको थियो । बैंकले घटाएको ब्याजदर मंसिर २६ गतेदेखि नै लागू हुनेछ ।

यसअघि एनआईसी एशिया, कुमारी र एनएमबि बैंकले ब्याजदर घटाइसकेका छन् । भकाभक बैंकहरुले ब्याजदर घटाएसँगै ब्याजदर घटाउन दबाबमा परेका अन्य बैंकहरुले पनि ब्याजदर घटाउने तयारी गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी