×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, ९ लाख ठगीको आरोप

PRIME CA
GLOBAL IME BANK

माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, ९ लाख ठगीको आरोप

६ पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका वडा नं.७ घर भई हाल ललितपुर जिल्ला सातदोबाटो बस्ने ५५ वर्षीय विरेन्द्र उदास पक्राउ परेका हुन् ।

उनले सबिता गुरुङलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाईदिने भन्दै ९ लाख रुपैयाँ ठगी गरेका थिए । गुरुङका अनुसार उनले माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाईदिने, मासिक ३ लाख तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा परेका थिए ।

उदासलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले सातदोबाटोबाट पक्राउ गरेको हो। पक्राउ परेका उदासलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: