×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रित्तो गाग्री देखाएर पानीका लागि प्रदर्शन… (फोटो-कथा)

PRIME CA

रित्तो गाग्री देखाएर पानीका लागि प्रदर्शन… (फोटो-कथा)

२ पुष २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मेलम्ची खानेपानी संघर्ष समिति सरकार विरुद्ध सडकमा उत्रिएको छ । काठमाडौं उपत्यका संघर्ष समितिले मेलम्ची खानेपानी आयोजनामाथिको चलखेल बन्द गर्न माग गर्दै कोटेश्वर-तीनकुने क्षेत्रमा रित्ता भाँडा देखाउँदै प्रदर्शन गरेको हो ।

यसअघि अर्थमन्त्री प्रकाशसरण महत र खानेपानीमन्त्री महेन्द्र राय यादवलाई भेटेर ज्ञापन पत्र बुझाईसकेको समिति सोमबार तिनकुने क्षेत्रमा सरकारलाई दबाब दिन पुगेको हो । उनीहरूले ‘मेलम्ची पानी माथिको चलखेल बन्द गर’, ‘मेलम्चीको पानी तुरुन्त खोल’ लगायतका नारा लेखेका पोस्टर र पम्प्लेट, रित्तो गाग्री,बाल्टिनलगायतका सामग्री बोकेर प्रदर्शन गरेका थिए ।

प्रर्दशनमा नेपाल व्यापार संघका अध्यक्ष समेत रहेका व्यवसायी हरि गौतमले १७ अर्ब खर्च गरेर पनि नेपाली जनताले मेलम्चीको पानी खान नपाएको भन्दै आक्रोश पोखे ।
उनले यो राजनीति नभई पानीको आन्दोलन भएकोले छिटोभन्दा छिटो पानी काठमाडौं आउनुपर्ने बताए । बाँकि तस्विरमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: