काठमाडौँ । उच्च अदालत पाटनले एनसेलको माउ कम्पनी आजियाटालाई एनसेलको सेयर बिक्री सम्बन्धी कारण देखाउ आदेश जारी गरेको छ । व्यवसायिक वातावरण बिग्रिएको भन्दै एनसेलबाट बाहिरिने निर्णय गरेको मलेसियन कम्पनी आजियाटालाई अदालतले एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्ने सम्बन्धी रिटमा कारण देखाउ आदेश जारी गरेको हो ।
उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासले आजियाटालाई कारण देखाउ आदेश जारी गरेको हो ।
एनसेलमा ८० प्रतिशत सेयर रहेको आजियाटाले एनसेलबाट बाहिरिने निर्णय गरेसँगै एनसेलको उक्त सेयर नेपाली साझेदार सतिशलाल आचार्य र सचिनलाल आचार्यले खरिद गर्ने तय भएको थियो । तर, एनसेलको सेयर खरिद बिक्रीको कार्य रोक्न माग गर्दै अदालतमा रिट दायर भएपछि अदालतले उक्त रिटमा कारण देखाउ आदेश जारी गरेको हो ।
अदालतले एनसेलको सेयर बिक्री रोक्न भन्दै परेको रिटमा अन्तरिम आदेश दिने/नदिने बारे दुवै पक्षको छलफल सुनेर मात्रै निर्णय गर्न उपयुक्त हुने भन्दे २५ गतेका लागि पेशी तोकेको छ ।
*यसअघिको समाचारमा अन्तरिम आदेश उल्लेख भएकोमा क्षमायाचनासहित सच्याइएको छ ।- सम्पादक
यस्तो छ अदालतको आदेशः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्