Skip to content
LAXMI SUNRISE BANK

एनसेलविरुद्धको रिटको सुनुवाई स्थगित

अर्थ सरोकार

काठमाडौं । एनसेलको सेयर खरिदबिक्री विरुद्धको रिटको सुनुवाई स्थगित भएको छ ।

एनसेलको ८० प्रतिशत सेयर खरिदबिक्री शङ्कास्पद भएको भन्दै सांसद अमरेश कुमार सिंहले मंसीर २२ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोहि रिटमाथि आइतबारका लागि न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेशी तोकिएको थियो । तर, सांसद सिंहका कानुन व्यवसायीले पेशी स्थगित गर्न माग गरेपछि पेशी स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ।

यसअघि उक्त रिटमाथि पाँच पटक पेशी तोकिएको थियो। तर, सधैँ ‘हेर्न नभ्याइने’मा पर्दै आएको थियो ।

रिटमा एनसेल एक्जियाटा लिमिटेड, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र आन्तरिक राजस्व विभाग ठूला करदाता कार्यालयलाई विपक्षी बनाइएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK