काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिदबिक्री अवैधानिक हुन सक्ने बताएको छ । प्रतिनिधिसभाको लेखा समितिले सोधेको प्रश्नको जवाफ पठाउँदै प्राधिकरणले कानुनको शर्त नमानेको अवस्थामा एनसेलको सेयर खरिदबिक्री अवैधानिक हुनसक्ने बताएको हो ।
लेखा समितिले मलेसियन कम्पनी आजियाटा र सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेबीच भएको एनसेलको सेयर खरिदबिक्री कानुनतः हो वा होइन ? यसले नेपालको राजस्व र करमा कस्तो असर गर्छ ? भन्दै गत मंसिर १७ गते नेपाल दूरसञ्चार प्राधिकरण, आन्तरिक राजस्व कार्यालय र कम्पनी रजिष्ट्रारको कार्यालय लगायतसँग जवाफ मागेको थियो ।
सोही प्रश्नको जवाफ पठाउँदै प्राधिकरणले एनसेलको सेयर खरिदबिक्री प्रक्रिया कानुन बमोजिम नभएको पाइए अवैधानिक हुने बताएको हो ।
‘दूरसञ्चार ऐन, २०५३ र दूरसञ्चार नियमावली, २०५४ र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिदबिक्री) विनियमावली, २०७६ ले तोकेको शर्तहरु पूरा नगरेमा यो कारोबार अवैधानिक ठहर्ने देखिन्छ ।’, प्राधिकरणले समितिमा पठाएको पत्रमा उल्लेख छ । अर्थात एनसेलको सेयर खरिदबिक्री कार्यमा कानुनी प्रक्रिया नपुगेको भए एनसेलको सेयर खरिदबिक्री अवैधानिक हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्