काठमाडौँ । फिल्म ‘नेशु सान्य’को फर्स्ट लुक सार्वजनिक भएको छ । प्रेम तथा द्वन्दको सम्मिश्रणमा आधारित रहेर निर्माण भएको उक्त फिल्मको ‘फर्स्ट लुक’ तस्वीर सार्वजनिक गरिएको हो ।
छिरिङ याङ्गडोनको निर्देशनमा निर्माण भएको ‘नेशु सान्य’ फिल्म भुटानी र नेपाली गरी दुई भाषामा निर्माण गरिएको छ । फिल्म ‘नेशु सान्य’ वायनी फिल्मस वीथ सारस प्रोडक्सनले निर्माण गरेको हो । वायनी फिल्मसको शाखा अमेरिका, बेलायत र नेपाल लगायतका देशमा रहेको छ ।
फिल्मका निर्माता प्रमोद लामिछाने रहेका छन् । पछिल्लो समय नेपाली फिल्म क्षेत्रका दर्शकको मागअनुसार फिल्ममा उच्च स्तरीय भिएफएक्स प्रयोग गरिएको फिल्म निर्माताले जनाएका छन् । फिल्ममा प्रेम, युद्ध र समसामयिक विषयवस्तुलाई मुख्य कथावस्तुको रुपमा प्रस्तुत गरिएको छ ।
पहिलो पोस्टर सार्वजनिक गर्दै छिट्टै फिल्मले ‘ट्रेलर’ पनि सार्वजनिक गरिने फिल्म निर्माताको भनाई रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्