काठमाडौँ । नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीमा राखेको छ । एयरलाइन्सले दुई वटा एमए–६० र तीनवटा वाई–१२ ई जहाज लिलामीमा राखेको हो ।
जहाज लिलामीमा राखेको एयरलाइन्सले बिहीबार एक सूचना जारी गर्दै जानकारी दिएको छ ।
एयरलाइन्सले गोप्य सिलबन्दी टेन्डर आह्वान गर्दै आउँदो फेब्रुअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद राखेको छ ।
यी जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् ।