Skip to content
LAXMI SUNRISE BANK

नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

अर्थ सरोकार

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको ५ लाख २३ हजार १ सय १२ कित्ता संस्थापक सेयरको लिलामी बिक्री खुला गरेको हो ।

संस्थापक सेयरको लिलामी बिक्रीमा इच्छुक व्यक्ति तथा संघसंस्थाले लिलामी सेयर खरिदका लागि पुष १९ गतेसम्म बोलपत्र आवेदन दिन सक्नेछन् ।

बोलपत्र आवेदन दिँदा न्यूनतम प्रतिकित्ता ३ सय २५ रुपैयाँ तोकेर आवेदन दिनुपर्ने बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ । आवेदन दिँदा न्यूनतम १० हजार कित्ताका लागि माग गर्नुपर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK