×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भूकम्प पीडितले २५ लाख रुपैयाँसम्म ऋण पाउने, आधारदरमा २ प्रतिशतभन्दा बढी प्रिमियम थप्न नपाउने

PRIME CA
GLOBAL IME BANK

भूकम्प पीडितले २५ लाख रुपैयाँसम्म ऋण पाउने, आधारदरमा २ प्रतिशतभन्दा बढी प्रिमियम थप्न नपाउने

२२ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भूकम्प पीडितले बैंकबाट सहुलियतपूर्ण ऋण पाउने भएका छन् । भूकम्पमा परी क्षतिग्रस्थ भएका घर परिवारले पुनर्निर्माणका लागि २५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण ऋण पाउने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्दै भूकम्प प्रभावितको रुपमा सूचीकरण भएका परिवारलाई बैंक तथा वित्तीय संस्थाले २५ लाख रुपैयाँसम्मको ऋण दिँदा आधारदरमा २ प्रतिशत मात्र थप गरेर ऋण दिनुपर्ने व्यवस्था गरेको छ ।

समिक्षामा बैंक तथा वित्तीय संस्थाले साविकको कर्जा धितो अनुपातमा १० प्रतिशत वा सो भन्दा बढी बिन्दुसम्म थप गर्न सक्ने व्यवस्था गरेको छ । भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि पनि बैंक तथा वित्तीय संस्थाले सिएसआर अन्तर्गतको रकम खर्च गर्नुपर्ने उल्लेख छ ।

आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को मुनाफाबाट बैंक तथा वित्तीय संस्थाले गर्ने सामाजिक उत्तरदायित्व कोषमा छुट्याएको रकमको ४० प्रतिशत रकम पूनर्निमाणमा खर्च गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: