काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले संस्थापक सेयरको बिक्री खुला गरेको छ । कम्पनीले २६ मंसिरदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्सको स्वामित्वमा रहेको २० लाख कित्ता संस्थापक सेयरको बिक्री खुला गरेको हो ।
कम्पनीको बिक्री खुला गरेको संस्थापक सेयरमा कम्पनीमा संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले कम्पनीको उक्त सेयरमा न्यूनतम १ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन आगामी ३५ दिनभित्र दिइसक्नुपर्नेछ । आवेदन आवश्यक कागजपत्रसहित थापागाउँस्थित कार्यालयमा बुझाउनुपर्नेछ ।
आवेदन दिँदा आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्नेछ । उक्त सेयरमा न्यूनतम २०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।