काठमाडौं । नेपाल टेलिकमले सेयरधनीलाई नगद लाभांश दिने भएको छ । कम्पनीको पुष ५ गते बिहीबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट प्रतिसेयर ४० रुपैयाँ दिने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश अर्थ मन्त्रालयको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीमा वितरण हुनेछ ।
गत वर्ष पनि कम्पनीले ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।