×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल वेयरहाउजिङ कम्पनीको आइपीओ बाँडफाँट, कति जनाले पाए सेयर ?

PRIME CA

नेपाल वेयरहाउजिङ कम्पनीको आइपीओ बाँडफाँट, कति जनाले पाए सेयर ?

२० मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको आइपीओ मङ्सिर २० गते बुधबार बाँडफाँट भएको हो ।

कम्पनीले मङ्सिर १० गतेदेखि १३ गतेसम्म १ सय रुपैयाँ अंकित मूल्यमा ११ लाख ९१ हजार ९ सय ९८ कित्ता आइपीओ बिक्री खुला गरेको थियो । सो आइपीओमा कुल १२ लाख ७६ हजार ५ सय ५८ जनाले आवेदन दिएकोमा ८४ हजार ५ सय ६० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ ।

योग्य ११ लाख ९१ हजार ९ सय ९८ जना आवेदकहरुमध्ये गोलाप्रथामार्फत १ लाख १४ हजार १ सय २५ जनाले सेयर हात परेका छन् । बाँकीको हात भने खाली भएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक हिमालयन क्यापिटको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, नेपाल वेयर हाउजिङ कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइटबाट पनि रिजल्ट हेर्न सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: