काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १०.१० अंकले घटेर १८३७.७१ बिन्दुमा पुगेको हो ।
मंगलबार नेप्सेमा कुल २९२ कम्पनीको ४६ लाख ९८ हजार ६ सय ८२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ५४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार माउन्टेन इनर्जी नेपाल लिमिटेडको भएको छ । यस कम्पनीको ३६ करोड २९ लाख ५७ हजार ६ सय २४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा सिंगटी हाइड्रो इनर्जीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा सिभिल बैंक डेबेञ्चर २०८८, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२, महुली लघुवित्त वित्तीय संस्था र सेञ्चुरी डिबेञ्चर २०८८ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा माउन्टेन इनर्जी नेपाल लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको ३६ करोड २९ लाख ५७ हजार ६ सय २४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा सिटिजन्स लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेड, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड र रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा विशाल बजार कम्पनी का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । विशाल बजार कम्पनीमा यस्तो गिरावट आउँदा माउन्टेन इनर्जी नेपाल, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेड र १०.२५% एनआइसी एशिया डिबेञ्चर २०८३/८४ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्