काठमाडौँ । बर्दियामा २९.७६ तोला सुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१९ बस्ने २९ बर्षिय मोहन वि.क. र राप्ति सोनारी गाउँपालिका–२ का सवारी धनी ३८ बर्षिय देबिन्द्र बहादुर घर्ती रहेका छन् ।
प्र-३-०१-०२३ ८१६८ नम्बरको हुण्डाई कारमा सुनका गरगहना सहित सवार रहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले बारबर्दिया नगरपालिका ९ कतर्नियामा चेक प्वाइन्टमा चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा सुन जस्तो देखिने धातु ३४७.०७१० ग्राम फेला परेको प्रहरीले जनाएको छ । स्रोत नखुलेको सुन सहित सवारी भएको सुचना पाएपछि इलाका प्रहरी कार्यालय बगनाह मोतिपुर र कतरनियाको प्रहरी टोली चेकप्वाइन्टमा खटिएको थियो ।
हाल प्रहरीले सुनका गरगहना लिएर हिँड्ने वि.क. र सवारी धनी घर्ती सहित गाडीलाई थप अनुसन्धानका लागि राजापुर भन्सार कार्यालयमा बुझाएको छ ।
‘स्रोत नखुलेको गरगहना भएको हुनाले आवश्यक अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाएका छौँ ।’, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सुधिरराज शाहीले भने, ‘भन्सार कार्यालयसँग आवश्यक सहकार्य भईरहेको छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्