काठमाडौँ । भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको आरोपमा नेपाल वायुसेवा निगमका अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा निगमका अधिकृत होमनाथ पोखरेल रहेका छन् । पोखरेललाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
भिजिट भिसामा नक्कली कागजात बनाएर खाडी मुलुक पठाउने गिरोहबारे गरिएको अनुसन्धानका क्रममा पोखरेलको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
हाल पक्राउ परेका पोखरेलमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
भिजिट भिसामा खाडी मुलुक पठाउने कन्सल्टेन्सीका सञ्चालकसहित प्रहरीले १३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सोही क्रममा निगमका अधिकृत पोखरेल पनि पक्राउ परेका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्