Skip to content
LAXMI SUNRISE BANK

पाँच लाख घुससहित वडा अध्यक्ष पक्राउ

अर्थ सरोकार

काठमाडौँ । पाँच लाख घुस रकमसहित वडा अध्यक्ष पक्राउ परेका छन् । बाराको जीतपुर सिमरा नगरपालिका–३ का अध्यक्ष तारा कार्की पक्राउ परेका हुन् ।

कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको हो । अख्यियारको टोलीले उनलाई घुस लिएको पाँच लाख रकमसहित पक्राउ गरेको हो ।

वडा अध्यक्ष कार्की जीतपुरको जैशवाल होटलबाट पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले सडक बनाउने काममा स्थानीय राजन उप्रेतीसँग घुसबापत पाँच लाख रुपैयाँ लिएको पाइएको छ ।

अध्यक्ष कार्कीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK