Skip to content
LAXMI SUNRISE BANK

पेवेल नेपालद्धारा ग्राहकहरुलाई ‘सुनको चेन’ र ‘चाँदीको सिक्का’ वितरण

अर्थ सरोकार

काठमाडौँ । पेवेल नेपाल प्रालिले आफ्ना ग्राहकहरुलाई ‘सुनको चेन’ र ‘चाँदीको सिक्का’ वितरण गरेको छ । कम्पनीले आफ्नो अभियान अन्तर्गत रहेर ग्राहकहरुलाई सम्मान स्वरुप सुनको चेन र चाँदीको सिक्का वितरण गरेको हो ।

नेपालकै अग्रणी डिजिटल वालेट कम्पनीले भदौ ७ गतेदेखि मंसिर ३ गतेसम्म ‘सुनको चेन’ अभियान सुरु गरेको थियो । साथै, असोज १८ गतेदेखि कात्तिक २४ गतेसम्म कम्पनीले ‘चाँदीको सिक्का’ अभियान सुरु गरेको थियो ।

यस्तै, कम्पनी र ग्राहकहरुबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वासका साथ कम्पनीले उक्त अभियान सुरु गरेको हो । कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत प्रज्वल आचार्यले भने, ‘हाम्रा एजेन्ट साक्षी र प्रेम ट्रेडर्सलाई सुनको चेन र हाम्रा समर्पित पच्चीस ग्राहकहरूलाई चाँदीको सिक्का वितरण घोषणा गर्न पाउँदा हामी खुसी छौँ । हाम्रा ग्राहकहरूलाई निरन्तर सहयोग र विश्वासको लागि धन्यवाद दिने यो हाम्रो विधि हो ।’

कम्पनीले ४ लाख भन्दा बढी ग्राहक आधार र ५ हजार भन्दा बढी एजेन्ट आधार भएकोमा गर्व महसुस गरेको छ । पेवेल नेपालले २०१८ बाट सञ्चालनमा आएको एक उदीयमान फिनटेक कम्पनी हो ।

पेवेल नेपाल प्रालि नेपाल राष्ट्र बैंकबाट अधिकृत पीएसपी (भुक्तानी सेवा प्रदायक) कम्पनी हो ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK