काठमाडौं । पिपुल्स पावर कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको मङ्सिर १७ गते आइतबार बसेको संचालक समितिको बैठकले चुक्ता पुँजीमा ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
आयोजनाको नियमित मर्मतसंभार गर्न, भुक्तानी बाँकी हिसाब परफारक गर्न र नयाँ आयोजनामा लगानी गर्न १:०५ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको कम्पनीले जनाएको छ ।
हकप्रद सेयर जारी गर्नका लागि विद्युत नियमन आयोगको पूर्वस्वीकृति लिने निर्णय गरेको पपुल्स पावरले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ । सोही पुँजीमा ५० प्रतिशत हकप्रद जारी गर्ने भएको हो ।