×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई आगन्तुक रिसोर्टमा विशेष छुट

PRIME CA

प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई आगन्तुक रिसोर्टमा विशेष छुट

२५ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि एक विशेष छुटको अफर ल्याएको छ । प्रभु क्यापिटल लिमिटेड र आगन्तुक रिसोर्टकाबीचमा छुट अफरका लागि समझौता भएको छ । मङ्सिर २४ गते आइतबार भएको उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले तथा आगन्तुक रिसोर्टको तर्फबाट मार्केटिङ डाईरेक्टर सुरज बिष्टले हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा प्रभु क्यापिटमा हितग्राही खाता खोलेका ग्राहकहरुले आगन्तुक रिसोर्टबाट सेवा लिँदा सबै सेवाहरुमा १५ प्रतिशत छुट पाउने भएका छन् । हितग्राही ग्राहकहरुले समझौता अवधिदेखि आगामी १ वर्ष अर्थात २३ मंसिर २०८१ सम्मका लागि रिसोर्टमा यो छुट पाउने जनाईएको छ । अफरबाट लाभ लिन रिसोर्टमा प्रभु क्यापिटलमा आफ्नो डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफनो आईडी कार्ड देखाउनु पर्नेछ जसको आधारमा रिसोर्टले ग्राहकलाई प्रिभिलेज कार्ड दिनेछ ।

काभ्रेमा रहेको आगन्तुक रिसोर्ट काठमाडौंबाट झन्डै ३२ किलोमिटरमा ७२ रोपनीमा फैलिएको छ । चार वर्ष अघि मात्र स्थापना भएको यो रिसोट बुटिक स्टाईल ४ स्टार डिलक्स रिसोर्टका रुपमा उत्कृष्ट सेवा प्रदान गर्ने एक प्रमुख रिसोर्ट बनेको छ । हस्पिटयालिटी क्षेत्रमा गुणस्तरीय सेवा दिईरहेको भ्याली नजिकैको बस्नखान, सेमिनार, मिटिङ, फिटनेस सेन्टर, स्वीमिङ्गपुल सहितको सुविधा सम्पन्न यो रिसोर्ट कार्यक्रम तथा मनोरञ्जन गर्ने एक रमाईलो गन्तब्य स्थल बनेको छ ।

प्रभु क्यापिटल लिमिटेड मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो जसले समयानुसारको प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने, पूँजीबजारसँग सम्बन्धित सचेतना तथा तालिम कार्यक्रम साथै आफ्ना ग्राहकको सन्तुष्टिमा विशेष ध्यान दिँदै आईरहेको क्यापिटलले जनाएको छ ।

क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकहरुका लागि प्रभावकारी रुपमा मर्चेन्ट बैंकिङ सेवा दिनुका अतिरिक्त ग्राहकलाई थप सन्तुष्टि दिन क्यापिटलले समय समयमा यस्ता व्यवसायिक समझौता गरी यस्ता छुट तथा अफर सुबिधा दिन समेत कम्पनी सधै अग्रसर रहेको दावी गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: