काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले आफूलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई देखेर इरिटेट भएको बताएका छन् । सोमबार ललितपुर महानगरपालिकाको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले आफ्ना कुरा सुनाएर अरुका कुरा नसुन्नेप्रति इरिटेट लाग्ने बताएका थिए ।
‘बालेन्द्रजी गईहाल्नुभयो, मलाई फेरी पहिला बोलेर हिँड्नेसँग पनि अलिअलि इरिटेसन हुन्छ ।’, प्रधानमन्त्री प्रचण्डले भने, ‘आफुले भन्ने कुरा जे जे भन्नुछ भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्न हुँदैन । बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म ।’
मेयर शाहप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री प्रचण्डले बालेनले भनेजस्तो उपत्यकाको समस्या समाधानमा आफुजति अरु कुनै प्रधानमन्त्रीले पहल नगरेको बताए । उनले खोला किनारका अतिक्रमण, तिनकुनेको मुआब्जा र फोहोर व्यवस्थापनमा सिंहदरबारमा छलफल गरेर सक्दो पहल गरे पनि जस नपाएको बताए । ‘काठमाडौँ उपत्यकाभित्र मिलेर काम गर्ने बारेमा कतिपटक सिंहदरबारमा बैठक भयो ? के अहिलेको प्रधानमन्त्रीले जत्तिको सकारात्मक, रचनात्मक ढंगले यो समस्या समाधान गर्न समन्वय गरेको अर्को कहिँ कसैले देख्नुभाछ ?’, प्रधानमन्त्रीले प्रश्न गरे ।
त्यस्तै, प्रधानमन्त्री प्रचण्डले काठमाडौँ महानगरको मेयर भएकाले अन्य उपमहानगरपालिकालाई समन्वय गर्नुपर्ने दायित्व पनि मेयर शाहकै भएको बताएका छन् ।
साथै उनले आफूले गरेको सकारात्मक कामको जस नदिएको भन्दै बालेन शाहप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ‘मैले तपाइलाई सहयोग गर्छु भनेर लगातार गरेको कुरालाई रिकोग्नाईज गर्न केले रोक्यो ? प्रधानमन्त्रीले बल चाहिँ गरिराख्या छन् भन्न केले रोक्यो ?’, प्रचण्डले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्