काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र सुधारका लागि सरकारले गरेको प्रयासलाई हेरेर निजी क्षेत्र ढुक्क हुने अवस्था नभएको बताएका छन् । काठमाडौँमा शुक्रबार आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजेन) को २७औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मल्लले अर्थतन्त्रलाई सकारात्मक बनाउन देशको हितहुने गरी सबै एकठाउँमा उभिनुपर्नेमा जोड दिएका छन् । अर्थतन्त्रको सुुधारको लागि सरकारले निजी क्षेत्र, सम्बन्धीत अर्थका निकायहरु तथा राजनीतिक नेतृत्वसँग संवाद सुरुवात गरेको स्मरण गर्दै त्यसलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।
यस्तै, उनले जडिबुटिजन्य र हस्तकलाजन्य बस्तु उत्पादनको निर्यातमा प्रर्बद्धन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । अर्थतन्त्रको सुधार हालको सरकार र निजी क्षेत्रको पहलमा मात्र सम्भव नभएको उनको भनाई छ ।
उनले भने, ‘केही दिन अगाडिबाट प्रधानमन्त्रीज्युले अर्थतन्त्रलाई सकारत्मक र सुधार कसरी गर्ने भेर राजनीतिक दल, सरोकारवाला र निजी क्षेत्रलाई बोलाएर एउटा संवादको सुरुवात गरेको छ । यो छलफलले निरन्तराता पाउनुपर्छ, अझैपनि हामी अर्थतन्त्रको अवस्थालाई लिएर ढुक्क भएका छैनौँ ।’
सरकार निजी क्षेत्र, बैंकर्स सबै मिलेर अर्थतन्त्र सुधारको लागि देशको हित हुने कुरामा सबै एकै ठाउँमा उभिनुपर्ने मल्लले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्