×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली टिकटकका रुपमा उदाउँदै गरेको ‘रमाइलो एप’का प्रयोगकर्ताको डाटा भए लिक, प्रयोगकर्ता भन्छन्- ‘यस्ता एप बन्द भएकै ठिक’ !

PRIME CA

नेपाली टिकटकका रुपमा उदाउँदै गरेको ‘रमाइलो एप’का प्रयोगकर्ताको डाटा भए लिक, प्रयोगकर्ता भन्छन्- ‘यस्ता एप बन्द भएकै ठिक’ !

२९ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाली टिकटकका रुपमा उदाउँदै गरेको ‘रमाइलो एप’ असुरक्षित रहेको खुलासा, भएको छ । सो एपका २० हजार बढी प्रयोगकर्ताको व्यक्तिगत विवरण लिक भएपछि एप असुरक्षित भएको प्रमाणित भएको हो ।
Deadlyweapon नाम भएका ह्याकरले डार्क वेबको ब्रिच फोरममा सो एपको डाटा लिक गरेको पाइएको हो ।
प्रयोगकर्ताहरुको इमेल ठेगाना, फोन नम्बरजस्ता संवेदनशील विवरण लिक भएको पाइएको छ छ ।
केहि समय अघि सरकारले सामाजिक सद्भाव बिग्रिएको भन्दै नेपालमा टिकटक बन्द गरेको थियो । नेपालमा टिकटक बन्द भएपछि रमाइलो एप सार्वजनिक भएको थियो । विवरण लिक भएको तथ्य बाहिर आएपछि सुरक्षासँग सरोकार राख्नेहरुले यस्ता एप बन्द भएकै ठिक भनी टिप्पणी गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: