×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेल प्रकरणमा रास्वपाको निष्कर्ष- ‘सेयर खरिदबिक्रीमा अनियमितता भएको छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनसेल प्रकरणमा रास्वपाको निष्कर्ष- ‘सेयर खरिदबिक्रीमा अनियमितता भएको छ’

Artha Sarokar

२० मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एनसेलको सेयर खरिद ब्रिकीमा अनियमित भएको भन्दै निष्पक्ष छानबिनको माग गरेको छ । बुधबार सिंहदरबारमा बसेको संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा रास्वपाका सांसदहरुले एनसेलको सेयर खरिद बिक्रीमा अनियमितता भएको भन्दै गम्भिर ध्यानाकर्षण गराएका हुन् ।

कार्यक्रममा बोल्दै रास्वपा सांसद विराजभक्त क्षेष्ठले भने ‘ एनसेल प्रकरणले देशमा कुन चरणको भ्रष्टाचार छ भन्ने कुरा देखाइदिएको छ । अजियाटा कम्पनिले जुन खालको नेपालको बारेमा अभिव्यक्ति दिनुभएको छ त्यसले भोली नेपालका लगानीको वातावरण कसरी बन्छ ?’ उनले एउटा कम्पनीको एक जना व्याक्तिले देशमा लगानीको वातारवण छैन भनेको भन्दै यसको जिम्मेवारी कसले लिन्छ भन्दै प्रश्न समेत गरेका छन् ।

रास्वपाले बुझाएको ध्यानाकर्षणपत्रमा अजियाटाका प्रमुख कार्यकारी, एनसेलका नेपाली मूलका साझेदारी, अर्थमन्त्री, सञ्चारमन्त्री, लगानी बोर्डका प्रमुख कार्यकारी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षलगायतका समितिमा बोलाइ सोधपुछ गर्न माग गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी