Skip to content
LAXMI SUNRISE BANK

साधना लघुवित्तले सेयरधनीलाई यसपटक लाभांश नदिने !

अर्थ सरोकार

काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले यसवर्ष सेयरधनीको हात खाली राख्ने भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुनै लाभांश नदिने भएको हो ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको १३०औँ बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो । सँगै लघुवित्तले आर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र पठाउने निर्णय गरेको छ ।

‘आर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण पारित गरी सो को स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरिएको व्यहोरा जानकारी अनुरोध गर्दछौँ । साथै यस आर्थिक वर्ष २०७९÷८० को लागि सेयरधनीहरुलाई दिने कुनै लाभांशको प्रस्ताव नगरिएको समेत अनुरोध गर्दछौँ ।’, लघुवित्तको पत्रमा उल्लेख छ ।

साधना लघुवित्तले यसअघि १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK