×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साना किसान लघुवित्तको २० प्रतिशत लाभांश घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

साना किसान लघुवित्तको २० प्रतिशत लाभांश घोषणा

Artha Sarokar

२४ मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तको मङ्सिर २४ गते आइतबार बिहान बसेको संचालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

गत वर्ष कम्पनीले २६ प्रतिशत बोनस सेयर र १.३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी