×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंक १९औं वर्षमा प्रवेश, वार्षिकउत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सानिमा बैंक १९औं वर्षमा प्रवेश, वार्षिकउत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

Artha Sarokar

२१ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा बैंक १९औं वर्षमा प्रवेश गरेको छ । बैंकले वार्षिकउत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले सामुदायिक सेवा केन्द्र-नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र-नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । २०८० मंसिर २१, बिहीबार बिहान ११ बजेदेखि शुरु भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा देशैभर रहेका शाखाहरुबाट रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल १३३ वटा कार्यालयहरु र १२३ वटा एटिएम. संचालनमा रहेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी