काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यार्थीलाई पोशाकबाहेक अन्य पोशाक किन्न बाध्य पार्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । अनावश्यक रुपमा विद्यालयहरुले विद्यार्थीलाई विभिन्न पोशाक किन्न लगाएको भन्दै त्यस्ता विद्यालयहरुलाई कारवाही गर्ने चेतावनी दिएको हो ।
चाडपर्वका नाममा विद्यार्थीहरुलाई विभिन्न पोशाक किन्न लगाएको गुनासो बढेपछि त्यस्ता विद्यालयलाई कारवाहीको दायरमा ल्याउन लागेको महानगरले जनाएको छ ।
यसरी विद्यालयहरुले चाडपर्वका नाममा विद्यार्थीहरुलाई विभिन्न पोशाक किन्न बाध्य बनाउन नमिल्ने काठमाडौँ महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले बताएका छन् । ‘नियमित पोशाकमा एकरुपता ल्याउन विद्यालयले व्यवस्था गर्न सक्छ । तर, त्यसबाहेक अन्य पोशाकका लागि विद्यार्थीलाई बाध्य पार्न मिल्दैन ।’, उनले भने, ‘कतिपय विद्यालयहरुले अन्य पोशाक खरिद गर्न बाध्य पारेको गुनासो आएको छ । त्यस्ता विद्यालयहरुलाई कारवाही गर्छौँ ।’
महानगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर नियमित विद्यालय पोशाकभन्दा फरक पोशाक किन्न बाध्य पारेको पाइए महागनरपालिकाको शिक्षा ऐन, २०७५ बमोजिम कारबाही गर्ने जनाएको छ । साथै, त्यस्तो गरेको थाहा पाए महानगरपालिकालाई जानकारी गराउन समेत महानगरले सुचित गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्