काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले मङ्सिर २० गतेदेखि ५ हजार ३० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा बैंकका संथापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजपत्रसहित आफुले खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन पेश गर्नुपर्नेछ ।
आवेदन बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा पेश गर्नुपर्ने जनाईएको छ । उक्त अवधिमा विद्यमान संस्थापक सेयरधनिबाट आवेदन नपरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।