काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३.४२ अंकले घटेर १८४७.८१ बिन्दुमा पुगेको हो ।
सोमबार नेप्सेमा कुल २९२ कम्पनीको ३८ लाख ९६ हजार २ सय ८७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व १९ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको ७ करोड ४६ लाख ३१ हजार ७ सय २३ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको हो । यस अलवा एनएमबी डेबेञ्चर ८.५०% २०८७\८८, तेह्रथुम पावर कम्पनी, मोलुंग हाइड्रोपावर कम्पनी, मोलुंग हाइड्रोपावर, हिमालयन हाइड्रोपावर कम्पनी र आरबीबी म्युचुअल फण्ड-१ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको ६ करोड ९५ लाख २९ हजार २ सय ७० रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा हिमालयन डिष्टिलरी, सिटिजन्स लाइफ इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स, शिवम् सिमेन्ट र रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो । एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टमा यस्तो गिरावट आउँदा माउनटेन इनर्जी नेपाल, १०.२५% एसबिएल डेबेञ्चर २०८३, इङवा हाइड्रोपावर र इमेर्जिंग नेपाल लिमिटेडमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्