काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ३.३३ अंकले बढेर १८४१.०४ बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल २९३ कम्पनीको ३७ लाख ५५ हजार १ सय २४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व १४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ७ करोड ३४ लाख ४९ हजार १७ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा विजय लघुवित्त वित्तीय संस्थाका, मन्दाकिनी हाइड्रोपावर, मोलुङ्ग हाइड्रोपावर, गणपति लघुवित्त वित्तिय संस्था र माउनटेन इनर्जी नेपालका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ७ करोड ३४ लाख ४९ हजार १७ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सन नेपाल लाइफ इन्स्योरेन्स, माउनटेन इनर्जी नेपाल, सिटिजन्स लाइफ इन्स्योरेन्स,आइएमई लाइफ इन्स्योरेन्स र सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबारको सेयर बजारमा सिंगटी हाइड्रो इनर्जीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो । सिंगटी हाइड्रोमा यस्तो गिरावट आउँदा सनराइज ब्लुचिप फण्ड, १०% हिमालयन बैंक डेबेञ्चर २०८३, सबैको लघुवित्त वित्तीय संस्था र मिथिला लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्