काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार पनि सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३८.१४ अंकले बढेर २०६०.४९ बिन्दुमा पुगेको हो ।
सोमबार नेप्सेमा कुल ३०५ कम्पनीको २ करोड १४ लाख ९७ हजार ६ सय १९ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ८६ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको २६ करोड २६ लाख ७४ हजार ४ सय ७२ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा सूर्यज्योति लाइफ इन्स्योरेन्स, स्वो- रोजगार लघु बित्त विकास बैंक, जीवन विकास लघुवित्त, बीपीडब्लु लघुवित्त वित्तीय संस्था र हाथवे इन्भेस्टमेन्ट नेपालका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको २६ करोड २६ लाख ७४ हजार ४ सय ७२ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, सोल्टी होटल, शिवम् सिमेन्ट, घोराही सिमेन्ट र रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा हिमालयन पावर पार्टनरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो । हिमालयन पावर पार्टनरमा यस्तो गिरावट आउँदा दोल्ती पावर कम्पनी, अपर स्याँगे हाइड्रोपावर, मोदी इनर्जी लिमिटेड र माई खोला हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्