काठमाडौं । शुभेच्छा बचत तथा ऋण सहकारी ११औं साधारणसभा सम्पन्न भएको छ । प्रतापपुर गाउँपालिका वडा नं ७ गुठी सुर्यपुरा स्थित शुभेच्छा वचत तथा ऋण सहकारी संस्थाको साधारणसभा शनिबार सम्पन्न भएको हो । सहकारीका अध्यक्ष भगवन्त प्रसाद धवलको अध्यक्षता तथा जनता प्रगतिशील पार्टीका केन्द्रीय अध्यक्ष एवम् पुर्व केन्द्रीय मन्त्री हृदयेश त्रिपाठीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सो अवसरमा बोल्दै त्रिपाठीले अर्थतन्त्रलाई चलाएमान बनाउन सहकारीहरुको महत्वपूर्ण भुमिका रहेको बताउँदै उत्पादनमूलक क्षेत्रमा अब सहकारीले लगानी केन्द्रित गर्न आवश्यक रहेको बताए । उनले कोरोना महामारी र आर्थिक मन्दीका बावजुद शुभेच्छा सहकारीले सेवाग्राहीलाई स्थानीय सीप र उत्पादनको अधिकतम प्रयोग गरी सेयर सदस्यहरुको व्यवसायिक क्षमता वृद्धि गर्दै सहकारी अघि बढेकोमा त्रिपाठी खुशी व्यक्त गरेका थिए ।
स्थानीय स्तरमा छरिएर रहेको सानो सानो पूँजीलाई बचतको माध्यामबाट एकीकृत गरी त्यसैको परिचालनबाट संस्थामा संलग्न गरेर सेयर सदस्यहरुको आर्थिक तथा सामाजिक स्तरको विकास सँगै आत्मर्निभर बनाउने उद्देश्यले २०६९ असोज २१ गतेमा सहकारी विधिवत रुपमा डिभिजन सहकारी कार्यालय पश्चिम नवलपरासीबाट दर्ता भइ स्थापना भएको हो । शुभेच्छा बचत तथा ऋण सहकारीले आफ्नो ११ औं बार्षिक साधारणसभाको सम्पूर्ण प्रतिवेदन पारित गरेको छ ।
संस्थाले २०७९/८० कुल आय. व्य.२३ करोड २१ लाख ३४ हजार ४ सय ३१ रुपैया ३९ पैसा रहेकोमा ९५ लाख ४६ हजार ५ सय १८ रुपैया ७९ पैसा शुद्ध नाफा कमाएको संस्थाका कोषाध्यक्ष बलवन्त कुर्मीले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्