×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिंगापूर बन्यो सन् २०२३ को सबैभन्दा महँगो सहर

PRIME CA

सिंगापूर बन्यो सन् २०२३ को सबैभन्दा महँगो सहर

अर्थ सरोकार

१८ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सन् २०२३ को सबैभन्दा महँगो सहरको सूचीको शीर्ष स्थानमा स्वीट्जरल्याण्डको जुरिच र सिंगापुर परेका छन् । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले सार्वजनिक गरेको वर्ल्डवाइड कस्ट अफ लिभिङ रिपोर्टका अनुसार सिंगापूर र जुरिच विश्वकै सबैभन्दा महँगो शहर बनेका हुन् ।

वर्ल्डवाइड कस्ट अफ लिभिङ रिपोर्टमा सन् २०२३ का लागि संसारभरका १७३ वटा सहरहरुमाथि सर्वेक्षण गरिएको थियो । जहाँ सबैभन्दा पहिलो महँगो सहरमा जुरिच र सिंगापूर परेका छन् । सन् २०२३ मा ‘कस्ट अफ लिभिङ’ ७.४ प्रतिशतले उल्लेख्य रुपमा वृद्धि भएको छ ।

रिपोर्टका अनुसार जुरिच र सिंगापूरपछि विश्वकै सबैभन्दा महंगो १० सहरको सूचीमा क्रमशः न्यूयोर्क, जेनेभा, हङकङ, लस एनजलस, पेरिस, तेल अभिभ, कोपेनहेगन र सान फ्रान्सिसको रहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: