काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीको मङ्सिर १६ गते शनिबार बसेको संचालक समितिको बैठकले ४ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश होटलको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीमा वितरण गरिने भएको छ ।