Skip to content
LAXMI SUNRISE BANK

आइतबार तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ (मूल्यसूचीसहित)

अर्थ सरोकार

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भएको छ ।

नेपाली ठुलो गोलभेडा न्युनतम ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडाको न्युनतम मूल्य ९० रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ, टनेलको सानो गोलभेडा २५ रुपैयाँ, गोलभेडा सानो (तराई) २५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४८ रुपैयाँ र सेतो आलु ३८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, लोकल गाजर ४० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली १२ रुपैयाँ, स्थानीय काउली (ज्यापु) २० रुपैयाँ, रातो मुला १२ रुपैयाँ, लोकल सेतो मुला १० रुपैयाँ, भन्टा लाम्चो २५ रुपैयाँ, भन्टा डल्लो ३० रुपैयाँ, तने बोडी ८० रुपैयाँ, मकै बोडी ४०, मटरकोशा ९० रुपैयाँ, घ्यु सिमि लोकल ४० रुपैयाँ, राजमा ११० रुपैयाँ, टाटे सिमि ५० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तिते करेला ६०, लौका ५०, लोकल परवल ५०, चिचिन्ड़ो ३०, घिरौला ७० रुपैयाँ, फर्सी पाकेको ३०, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, सलगम ७०, भिण्डी ९०, सखरखण्ड ६०, बरेला ३०, पिडालु ५०, स्कुस १५ रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ३० रुपैयाँ, पालुंगो ८० रुपैयाँ, चम्सुरको साग ८०, तोरीको साग ३० रुपैयाँ र मेथीको साग ८० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ७०, बकुला ७०, तरुल ७०, कन्य च्याउ १६०, डल्ले च्याउ ३३०, कुरिलो ५५०, ब्रोकाउली ४०, चुकन्दर ७०, सजीवन १९०, रातो बन्दा १५०, जिरीको साग ९०, सेलेरी १२०, पार्सले २५०, सौफको साग ८०, पुदिना २२०, गान्टे मुला ७०, तामा ९०, तोफु १२०, अदुवा १५०, हरियो खुर्सानी ६०, सुकेको खुर्सानी ४८०, हरियो अकबरे खुर्सानी २५०, हरियो लसुन ९०, हरियो धनिया ४०, चाइनिज सुकेको लसुन २६०, नेपाली सुकेको लसुन २६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३२०, झोले स्याउ २८०, केरा (दर्जन) १४०, कागती १२०, अनार ४००, हरियो अंगुर २८०, नेपाली सुन्तला १००, भारतीय सुन्तला ९०, हरियो तर्बुजा ६०, मौसम १४०, जुनार २४०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ५०, निबुवा ५०, चाइनीज नासपाती २४०, नेपाली मेवा ७०, भारतीय मेवा ९०, अम्बा १५०, लप्सी ६०, किनु १४०, किवी २००, शरिफा २००, अभोकाडो २००, स्ट्रबेरी ४००, अमला ६० र इमली १४० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ पेज’ मा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK