×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुरिलोको मूल्य बढ्यो, यस्तो छ आइतबार अन्य तरकारी तथा फलफूलको मूल्य (मूल्यसूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कुरिलोको मूल्य बढ्यो, यस्तो छ आइतबार अन्य तरकारी तथा फलफूलको मूल्य (मूल्यसूचीसहित)

Artha Sarokar

१ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार तरकारी तथा फलफूलको मूल्यमा भने सामान्य घटबढ भएको छ ।

नेपाली ठुलो गोलभेडा न्युनतम ५० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ८० रुपैयाँ, लोकल सानो गोलभेडा १० रुपैयाँ, टनेलको सानो गोलभेडा १५ रुपैयाँ, गोलभेडा सानो (तराई) १५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३४ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु ३० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज १३५ रुपैयाँ, लोकल गाजर ४० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, रातो मुला १५ रुपैयाँ, लोकल सेतो मुला १२ रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ, भन्टा डल्लो ५० रुपैयाँ, तने बोडी ९० रुपैयाँ, मकै बोडी ५०, मटरकोशा १०० रुपैयाँ, घ्यु सिमि लोकल ७० रुपैयाँ, राजमा १२० रुपैयाँ, टाटे सिमि ५० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तिते करेला ७०, लौका ५०, परवल ७०, चिचिन्ड़ो ६०, फर्सी पाकेको ३०, हरियो फर्सी (लाम्चो) ४०, हरियो फर्सी (डल्लो) ४०, सलगम ७०, भिण्डी १००, सखरखण्ड ५०, बरेला ५०, पिडालु ५०, स्कुस १५ रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ३० रुपैयाँ, पालुंगो १०० रुपैयाँ, चम्सुरको साग १०० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, मेथीको साग १०० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ८०, बकुला ५०, तरुल ६०, कन्य च्याउ १८०, डल्ले च्याउ २८०, कुरिलो १२००, ब्रोकाउली ५०, चुकन्दर ६०, सजीवन १६०, रातो बन्दा १८०, जिरीको साग ८०, सेलेरी १२०, पार्सले ३००, सौफको साग ९०, पुदिना २००, गान्टे मुला ७०, तामा ९०, तोफु १२०, अदुवा १५०, हरियो खुर्सानी ५०, सुकेको खुर्सानी ४८०, हरियो अकबरे खुर्सानी ३००, हरियो लसुन ९०, हरियो धनिया ९०, चाइनिज सुकेको लसुन २६०, नेपाली सुकेको लसुन २६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, झोले स्याउ २००, केरा (दर्जन) १४०, कागती १२०, अनार ३५०, हरियो अंगुर २२०, कालो अंगुर २५०, नेपाली सुन्तला १००, हरियो तर्बुजा ६०, मौसम १४०, जुनार २००, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ९०, हाइब्रिड काक्रो ५०, निबुवा ५०, चाइनीज नासपाती २५०, नेपाली मेवा ६०, भारतीय मेवा ८०, अम्बा १२०, लप्सी ६०, किनु १२०, किवी ४००, शरिफा २००, अभोकाडो २००, स्ट्रबेरी ४००, अमला ७० र इमली १४० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ पेज’ मा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी