×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाइडबडी प्रकरणः तीन विदेशी नागरिकको भूमिका शंकास्पद, बयानका लागि अख्तियारले बोलायो 

PRIME CA
GLOBAL IME BANK

वाइडबडी प्रकरणः तीन विदेशी नागरिकको भूमिका शंकास्पद, बयानका लागि अख्तियारले बोलायो 

२२ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । वाइडबडी प्रकरणको अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन विदेशी कम्पनीका सञ्चालकलाई बयानका लागि बोलाएको छ । अख्तियारले वाइडबडी विमान खरिद बिक्री प्रकरणमा जोडिएका नेपाली मूलका बेलायती नागरिक दीपक शर्मा, जर्मन नागरिक क्रिश्चियन न्ह्युलेन र रोमानियाका नागरिक ओलेग कालिस्त्रुलाई बयानका लागि बोलाएको हो ।

नेपाल वायुसेवा निगमले ए–३३०–२०० विमान खरिद गर्दा आर्थिक अनियमितता भएको भन्ने उजुरीमाथिको छानविनका क्रममा उनीहरुलाई बोलाइएको अख्तियारले जनाएको छ ।

तीनै जनाको नाममा अख्तियारले १५ दिने सूचना जारी गरेको छ । द राइजिङ नेपाल दैनिकमा सूचना जारी गर्दै आयोगले तीनैजनालाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुन भनेको छ । 

अख्तियारले उपस्थित हुन भनेका बेलायती नागरिक दीपक शर्मा नेपाल वायुसेवा निगमलाई दुईवटा वाइडबडी विमान बेच्ने सम्झौता गरेको अमेरिकाको एएआर कर्पोरेसनका अध्यक्ष हुन् । त्यस्तै, जर्मन नागरिक क्रिश्चियन न्ह्युलेन जर्मनीस्थित एभिएसन क्यापिटल र निगमलाई विमान बेच्न आयरल्याण्डमा दर्ता गरिएको हाई फ्लाइ एक्सका निर्देशक हुन् भने रोमानियाका ओलेग कालिस्त्रु जर्मन एभिएसन क्यापिटलका वित्तीय निर्देशक हुन् ।

‘देहायका व्यक्ति पासपोर्ट र हालसालै खिचिएको फोटोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयको कोठा नम्बर १०८ मा १५ दिनभित्र उपस्थित हुन यो सूचना प्रकाशित गरिएको छ ।’, अख्तियारले सार्वजनिक गरेको सूचनामा भनिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: