काठमाडौं । कुवेत पठाईदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन् । तेह्रथुम जिल्ला म्याङलुङ नगरपालिका वडा नं. २ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. ८ गौशाला बस्ने ४३ वर्षीय जुनु तुम्बाहाङफे पक्राउ परेकी हुन् ।
उनले रस्मिता भुलोनलाई वैदेशिक रोजगारीको लागि कुवेत पठाईदिने भन्दै रकम ठगी गरेकी थिइन् । पीडितलाई आकर्षक तलब हुन्छ भनि विश्वास दिलाई प्रलोभनमा परेर दुई लाख रुपैयाँ ठगी गरी सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ । तुम्बाहाङफेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गौशालाबाट पक्राउ गरेको हो ।
पक्राउ परेकी उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्