×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेको आइएस अडिट प्रतिवेदन’ले भन्छ- ‘पूरै सिष्टम वाईकोको कब्जामा छ, कुनै पनि बेला ह्याक हुन सक्छ’

नेप्सेको आइएस अडिट प्रतिवेदन’ले भन्छ- ‘पूरै सिष्टम वाईकोको कब्जामा छ, कुनै पनि बेला ह्याक हुन सक्छ’

१६ माघ २०८०, मंगलवार

पूरा समाचार पढ्न लाग्ने शुल्क : ११३ रुपैयाँ

PREMIUM RS. 113

काठमाडौँ । नेप्सेले कारोबार प्रणाली लगायतका सम्पूर्ण आईटी जोडिएका सिष्टमहरुको परिक्षणका लागि गरेको 'इन्फर्मेसन सिष्टम अडिट (आईएस अडिट)' ले नेप्सेको कारोबार प्रणाली असुरक्षित रहेको खुलासा गरेको छ । नेप्सेले गराएको आईएस अडिटका क्रममा केहि सार्है संवेदनशील विषयको उठान भएको पाइएको छ भने अन्य थुप्रै जोखिमहरु पनि नेप्सेको कारोबार प्रणालीमा रहेको खुलासा भएको छ । आफ्नो कमजोरी बाहिर आउने डरले नेप्सेले प्रतिवेदनले उठाएका विषयहरुको सम्बोधन गर्नुको सट्टा आइएस अडिटको यो प्रतिवेदन लुकाएर राख्ने गरेको छ ।

वाईकोको भूमिकामाथि कठोर प्रश्न !

नेप्सेको कारोबार प्रणाली वाईकोले निर्माण गरेको हो । अर्थ सरोकारले गोप्य स्रोतबाट प्राप्त गरेको नेप्सेको आइएस अडिट प्रतिवेदनमा नेप्सेको कारोबार प्रणालीको पूरै सिष्टम वाईकोकै सुपरभिजनमा रहेको, र त्यसमा वाईकोले कुनै पनि खालको संवेदनशील परिवर्तन गर्न सक्ने र सोको ट्र्याकिङसमेत नेप्सेले गर्न नसक्ने उल्लेख छ । वाईकोलाई प्रणालीको पूरै पहुँच दिंदा त्यसले कुनै पनि दुर्घटना निम्त्याउन सक्ने सो प्रतिवेदनले खुलासा गरेको छ । सो प्रतिवेदनमा नेप्सेको यो सुरक्षा कमजोरीलाई सबैभन्दा 'क्रिटिकल' भनिएको छ । प्रतिवेदनमा सम्पूर्ण सिष्टम भेण्डर अर्थात वाईकोको पहुँचमा रहेकाले यसले कुनै पनि खालको जोखिम निम्त्याउन सक्ने भन्दै अप्रुभल सिष्टम राखिनुपर्ने भनी सिफारिससमेत गरेको छ ।

अर्थ सरोकारमा प्रकाशित 'प्रिमियम स्टोरी' बाहेक सबै समाचार सामाग्री नि:शुल्क पढ्न पाइन्छ । तर, प्रिमियम स्टोरी पढ्न भने स्टोरीमा पढ्न उल्लेखित रकम तिर्नुपर्छ । स्टोरी लिंकमा उल्ल्खित रकम सोहि एउटा समाचार पढ्नका लागि मात्र हो । सुरुमा प्रिमियम युजरका रुपमा सदस्य बनी उल्लेखित रकम तिरेर आफुले रोजेको समाचार पढ्न सक्नुहुनेछ । सदस्य बन्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

अर्थ सरोकार प्रिमियम स्टोरी