×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Exclusive : नेप्सेका पूर्व सीइओ चन्द्र सिंह साउद नै गैरकानुनी सेयर कारोबारमा संग्लग्न रहेको खुलासा !, होला त कार्वाही ?

Exclusive : नेप्सेका पूर्व सीइओ चन्द्र सिंह साउद नै गैरकानुनी सेयर कारोबारमा संग्लग्न रहेको खुलासा !, होला त कार्वाही ?

१८ मंसिर २०८०, सोमबार

पूरा समाचार पढ्न लाग्ने शुल्क : ५६५ रुपैयाँ

PREMIUM RS. 565

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले प्रचलित कानुन विपरित सेयर कारोबार गरेको पाइएको छ । अर्थ सरोकार डटकमले प्राप्त गरेको धितोपत्र बोर्डको 'गोप्य' छानविन विवरण अनुसार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक रहँदा उनले गैरकानुनी रुपमा सेयर कारोबार गरेको खुलासा भएको हो । भ्रष्टचारको बात लागेपछि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)बाट राजिनामा दिएका साउद त्यसपछि नेपाल इन्स्योरेन्सको सञ्चालक बन्न पुगेका थिए ।

अर्थ सरोकारले प्राप्त गरेको विवरणअनुसार उनले सञ्चालक भएकै बखत आफ्नो सेयर बिक्री गरेका छन् । २०७९-०२-३० देखि निरन्तर कम्पनीको सञ्चालक रहेका उनले यहि बीच अर्थात २०७९ साल भदौ १५ गते आफ्नो नाममा रहेको कम्पनीको सेयर बिक्री गरेका छन् । उनले २०७९  साल भदौ १५ गते दिउँसोको समयमा ४०० कित्ता सेयर ४४९ रुपैयाँका दरले बिक्री गरेका छन् । सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०७४ को दफा १४ को उपदफा (६) र धितोपत्र दर्ता तथा निष्कासन नियमावली२०७३ को नियम ३८ को उपनियम १ (क) मा भएको व्यवस्था विपरित साउदले गैरकानुनी रुपमा सेयर बिक्री गरेका छन् । नियमावलीको सो व्यवस्थामा

'संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक बर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्नेछैन' भन्ने उल्लेख छ ।

अर्थ सरोकारमा प्रकाशित 'प्रिमियम स्टोरी' बाहेक सबै समाचार सामाग्री नि:शुल्क पढ्न पाइन्छ । तर, प्रिमियम स्टोरी पढ्न भने स्टोरीमा पढ्न उल्लेखित रकम तिर्नुपर्छ । स्टोरी लिंकमा उल्ल्खित रकम सोहि एउटा समाचार पढ्नका लागि मात्र हो । सुरुमा प्रिमियम युजरका रुपमा सदस्य बनी उल्लेखित रकम तिरेर आफुले रोजेको समाचार पढ्न सक्नुहुनेछ । सदस्य बन्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

अर्थ सरोकार प्रिमियम स्टोरी