×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ब्रोकर नं ४२’ सनी सेक्युरिटिजका नाममा खुलेआम ‘गैरकानुनी’ धन्दा, यसरी फसिरहेछन् नयाँ लगानीकर्ता…(प्रणामसहित)

‘ब्रोकर नं ४२’ सनी सेक्युरिटिजका नाममा खुलेआम ‘गैरकानुनी’ धन्दा, यसरी फसिरहेछन् नयाँ लगानीकर्ता…(प्रणामसहित)

१५ कार्तिक २०८०, बुधबार

पूरा समाचार पढ्न लाग्ने शुल्क : ५६५ रुपैयाँ

PREMIUM RS. 565

काठमाडौँ । नेपालको प्रचलित कानुनले सामाजिक सञ्जालमा 'फेक एकाउन्ट' बनाएर कुनै पनि प्रोडक्टको प्रचारप्रसार गर्न रोक लगाएको छ । अझ, त्यसमाथि पनि धितोपत्र कारोबार गर्ने धितोपत्र व्यवसायीहरुलाई त धितोपत्र कारोबारसम्बन्धि प्रचलित ऐनले नै यस्तो काम गर्न बर्जित गरेको छ । तर ब्रोकर नम्बर ४२, सनी सेक्युरिटिजका नाममा बजारमा खुलेआम गैरकानुनी धन्दा भईरहेको प्रमाण अर्थ सरोकारले फेला पारेको छ । सामाजिक सञ्जालमा फेक आईडी बनाउने, ब्रोकर खाता सस्तोमा खोलिदिन्छु भन्ने, ब्रोकर नम्बर ४२मा खाता पनि खोलिदिने र सो खातावाला लगानीकर्ताहरुको गोप्य विवरण नै सार्वजनिक गर्ने 'अपराध' खुलेआम रुपमा भईरहेको पाइएको छ । बिबेक सापकोटा नाम गरेका व्यक्तिसहितको गिरोहले विभिन्न फेक एकाउन्ट बनाएर, सनी सेक्युरिटिजका कर्मचारीहरुसँग मिलेर यस्तो गैरकानुनी काम भईरहेको पाइएको हो ।

सनी सेक्युरिटिजकै कर्मचारीकै मिलेमतोमा गैरकानुनी धन्दा !

ब्रोकर सेवा नेपाल लगायतका आधा दर्जन फेक एकाउन्ट बनाएर बिबेक सापकोटा, विशाल ऐर लगायतको गिरोहले सामाजिक सञ्जालमा यस्तो गैरकानुनी काम गरिरहेको हो । यसमा सनी सेक्युरिटिजका कर्मचारीहरुको खुलेआम मिलेमतोसमेत देखिएको छ । एउटै व्यक्तिले महिनामै दर्जनबढी लगानीकर्ताको ब्रोकर खाता खोल्न आवेदन दिँदा पनि र त्यसमा पनि अरुको विवरण दिएर खाता खोल्न लगाउँदा पनि ब्रोकर कम्पनीले सबै खाता खोलिदिनुले कम्पनीका कर्मचारीको मिलेमतो प्रष्ट हुन्छ । अझ खास कुरा त के छ भने सो गिरोहले ९७०२९२८०२२ नम्बरको फोन नम्बर नै दिएर सबै डकुमेन्ट सो ह्वाट्सएपमा पठाउनुभनी लगानीकर्ताका नागरिकता, बैंक खाता नम्बर लगायतका गोप्य विवरणहरु पनि संकलन गर्ने गरेको छ । सो फोन नम्बर विशाल ऐर नामा व्यक्तिको रहेको विवरण ट्रुकलरले देखाउँछ ।

अर्थ सरोकारमा प्रकाशित 'प्रिमियम स्टोरी' बाहेक सबै समाचार सामाग्री नि:शुल्क पढ्न पाइन्छ । तर, प्रिमियम स्टोरी पढ्न भने स्टोरीमा पढ्न उल्लेखित रकम तिर्नुपर्छ । स्टोरी लिंकमा उल्ल्खित रकम सोहि एउटा समाचार पढ्नका लागि मात्र हो । सुरुमा प्रिमियम युजरका रुपमा सदस्य बनी उल्लेखित रकम तिरेर आफुले रोजेको समाचार पढ्न सक्नुहुनेछ । सदस्य बन्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

अर्थ सरोकार प्रिमियम स्टोरी