×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकद्वारा मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ग्लोबल आइएमई बैंकद्वारा मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

२३ पुष २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश र गण्डकी प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बैंकले मधेश प्रदेश अन्तर्गत सिरहा जिल्ला सुखिपुर नगरपालिका वडा नं. ८ स्थित सुखिपुर स्वास्थ्य चौकीमा १७० र गण्डकी प्रदेश म्याग्दी जिल्ला अन्नपूर्ण गाँउपालिका वडा नं. ०६ पोखरे आधारभुत विद्यालयमा १८० भन्दा बढि महिलाहरुको स्वास्थ्य चेकजाँच गरी स्थानिय महिलाहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गरेको हो ।

नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएको हो । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: