काठमाडौँ । पोखराबाट सशस्त्र प्रहरीले बरामद गरेको सुनजस्तो देखिने पहेँलो धातु सुन नभएको पाइएको छ । सोमबार बिहान फेला परेको सुनजस्तै देखिने धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको हो ।
उक्त धातु सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयका कर्मचारीले पोखरा महानगरपालिका–१५ ढुंगेसाँघु पुल नजिकैको झाडीमा फेला पारेका थिए । त्यसपछि उक्त धातु परीक्षणका लागि स्थानीय जनप्रतिनिधि, सुनचाँदी व्यवसायी संघका प्रतिनिधि र स्थानीय अगुवाहरुको रहोबरमा सुनचाँदी व्यवसायी संघ, कास्कीमा पठाइएको थियो ।
सुनजस्तै रङ र सुनकै प्रकृतिमा तयार पारिएको भए पनि उक्त वस्तु सुन नभएर अन्य धातु भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिएका छन् ।
उक्त वस्तु त्यसरी झाडीमा कसले र किन राख्यो ? भन्ने खुलेको छैन । उक्त विषयमा थप अनुन्सन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्