Skip to content
LAXMI SUNRISE BANK

बुधबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २०० रुपैयाँले घटेर एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन २०० रुपैयाँले घटेर प्रतितोला एक लाख २० हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १४५० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम सुनको मूल्य एक लाख ३ हजार ५ सय ६५ रुपैयाँ, प्रति १० ग्राम सुनको मूल्य एक लाख ३ हजार ५० रुपैयाँ र प्रति १० चाँदीको मूल्य १२४३ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK