Skip to content
LAXMI SUNRISE BANK

मःम पसलमा काम लगाइदिन्छु भन्दै मृगौला बेच्ने पक्राउ

अर्थ सरोकार

काठमाडौँ । मःम पसलमा काम लगाइदिने भन्दै मृगौला बेचेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । नुवाकोट बेलकोटगढी नगरपालिका–१३ का ४३ वर्षीय हरि दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।

दर्जीले मःम पसलमा मासिक ३० हजार भारतीय रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै भारतको कलकत्ता पुर्याएर मृगौला बेचेको आरोप लागेको छ ।

प्रहरीका अनुसार दर्जीमाथि नुवाकोटबाट काँकडभिट्टा हुँदै भारतको कलकत्ता पुर्याएर पीडितलाई झुक्याएर अस्पताल लगी बेहोस बनाएर मृगौला झिकेर अर्कैलाई बेचेको भन्ने आरोप लागेको छ ।

त्यसयता फरार रहेका दर्जीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले काठमाडौँबाट पक्राउ गरेको हो । हाल उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK