काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सदस्यता प्रणालीलाई खुकुलो पारेको छ । यसअघि सदस्यता लिनेहरूबाट एक हजार रुपैयाँ उठाइरहेको रास्वपाले अब स्वेच्छिक शुल्क तिरेर सदस्य लिन पाउने प्रबन्ध गरेको हो ।
सिंहदरबारस्थित दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले यसअघि लिँदै आएको एक हजार रुपैयाँ शुल्कलाई घटाएर वा बढाएर समेत स्वेच्छिक रुपमा रकम तिरेर सदस्यता बन्न सक्ने व्यवस्था गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिएका छन् । ‘पार्टीको विभिन्न तहका समिति, पदाधिकारी तथा सदस्यहरूबाट प्राप्त प्रतिक्रिया, सुझावहरूलाई छलफल गर्दा पार्टी सदस्यता शुल्क एक हजार रहेकोमा सदस्यता शुल्क बढी दिन इच्छुकले बढाएर दिन सक्ने र असमर्थ हुनेका हकमा घटाएर दिन सक्ने गरी व्यवस्था गर्न सुझावहरू आए ।’, महामन्त्री ढकालले विज्ञप्तिमार्फत भनेका छन् ।
पार्टीका नेता तथा कार्यकर्ताहरूको सुझाव पछि रास्वपाले सदस्यता प्रणालीलाई खुकुलो बनाएको महामन्त्री ढकालले बताएका छन् । यसले सदस्यता शुल्कका नाममा मोटा रकम लिने बाटो खुलाएको छ भने न्यून शुल्क तिरेर समेत मानिसहरूले सदस्यता लिन सक्ने भएका छन् ।
बैठकले पार्टीका विभिन्न तहका पदाधिकारी र सदस्यहरूले पार्टीमा बुझाउनुपर्ने वार्षिक लेबी शुल्क समेत परिमार्जन गरेको छ । त्यस्तै, सार्वजनिक प्रशासन सम्बन्धी अध्ययन कार्यदल र ऊर्जा नीति कार्यदलको म्याद तीन महिना थप गरेको महामन्त्री ढकालले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्