×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीशको मुगु सरुवा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अरुण चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीशको मुगु सरुवा

Artha Sarokar

२९ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बाँसवारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई रिहा गर्न आदेश दिने जिल्ला अदालत, काठमाडौँका न्यायाधीश यज्ञप्रसाद आचार्यको सरुवा भएको छ । न्यायाधीश आचार्यको आइतबार नै मुगुमा सरुवा भएको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आचार्यालाई मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन् ।

न्यायाधीश आचार्यले चौधरीलाई हजारौँ नागरिकलाई रोजगारी दिएको र अभिभावक रहेको भन्दै दुई दिनभित्र अनुसन्धान सकेर रिहा गर्न आदेश दिएका थिए । जुन आदेशप्रति गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि असन्तुष्टी जनाएका थिए । उनले अरुण चौधरीलाई रिहा गर्ने अदालतको उक्त आदेशलाई इतिहासकै अनौठो आदेश भनेका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी