काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३०० रुपैयाँले घटेर एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ३०० रुपैयाँले घटेर प्रतितोला एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १३९५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ९ सय १० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख ४ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११९६ रुपैयाँ कायम गरेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।